02/02/2026, 06:03:16
सोमबार, माघ १९, २०८२

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश


काठमाडौँ, माघ १८  गते । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले साक्ष्य संकलनको चरण अघि बढाउने आदेश दिएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा आइतबार अदालतबाट सो निर्देशन जारी भएको हो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि साक्षी बुझ्ने प्रक्रिया प्रारम्भ गर्न आदेश दिइएको अदालत स्रोतले जनाएको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले मुद्दामा प्रतिवादीहरूमाथि सरकारी सम्पत्तिको दुरुपयोग तथा अनियमितता भएको दाबी गरेको छ।

आयोगले माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरेको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..