02/02/2026, 17:35:33
सोमबार, माघ १९, २०८२

राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत


काठमाडौँ, माघ १९ : राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश लगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गरेका थिए ।

प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

राष्ट्रिय सभाको अर्काे बैठक माघ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।