02/02/2026, 15:53:40
सोमबार, माघ १९, २०८२

राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस


काठमाडौँ,  माघ १९  गते ।  राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले  ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा पेस गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे शर्माले राष्ट्रियसभाका अध्यक्ष समक्ष प्रष्ट पारे । साथै, बैठकमा  विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले  ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव समेत सभासमक्ष प्रस्तुत गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..