काठमाडौँ, माघ १२ : गत शुक्रबारदेखि प्रदर्शनमा आएका तीन फिल्ममा ‘गोबर गणेश‘ले बक्स अफिसमा बाजी मारेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सौगात मल्लको ‘भाईरल गोर्खे‘ र दयाहाङ राईको ‘मिरमिरे‘को व्यापारलाई मरिचमान श्रेष्ठ उर्फ बल्छि धुर्वेको फिल्मले पछाडि पारेको हो ।

माघ १० गतेसम्मको बक्स अफिस रिपोर्ट हेर्दा मरिचमान र वर्षा सिवाकोटी अभिनित ‘गोबर गणेश‘ ले १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कमाएको छ । त्यस्तै सौगात र सृष्टि अभिनित ‘भाईरल गोर्खे‘ ले ३४ लाख, ५३ हजार र ७ सय ६० रुपैयाँ कमाएको छ । दयाहाङको ‘मिरमिरे‘ ले भने ३३ लाख, ७२ हजार, ७ सय १५ रुपैयाँ कमाएको हो ।

हलमा प्रदर्शनरत ‘झरीपछिको इन्द्रेणी‘ ले भने करोडमाथिको व्यापार गरेको छ ।
यो रिपोर्ट माघ १० गते शनिवार राती ११:५९ सम्मको हो । एकसाथ प्रदर्शनमा आएका ‘गोबर गणेश’, ‘भाईरल गोर्खे’ र ‘मिरमिरे‘ माघ १ मा प्रदर्शनमा आएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











