म्याग्दी, १२ माघ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।
भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्र्पोट्स क्लबको नेतत्वमा सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम पाठेघर र फोक्सोको क्यान्सरबाट थलिएकी छन्त्याललाई उपचारका लागि उपलब्ध गराएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिए ।
बालप्रिय सारदा आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा वडा सदस्य द्रोपती छन्त्याल, प्रअ जमुना राना र क्लबका अध्यक्ष पुन लगायतले हरिकलाका श्रीमान् हर्कबहादुरलाई नगद हस्तान्तरण गरेका थिए ।
छन्त्यालको चितवनमा रहेको बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएकी छन्त्याल बिरामी परेपछि महँगो उपचार खर्च जुटाउन परिवारलाई समस्या भएपछि बेनी नगरपालिका–३ को वडा कार्यालयको सिफारिसमा क्लबले अभियान सञ्चालन गरेको थियो ।
यसैगरी हिमचुली स्र्पोट्स क्लबले बालप्रिय सारदा आधारभूत विद्यालयको शैक्षिक क्रियाकलापका लागि ५० हजार पनि सहयोग गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














