02/12/2026, 12:59:51
बिहिबार, माघ २९, २०८२

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम


भोजपुर, माघ २९ गते । जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उक्त कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मतदातालाई सही तरिकाले मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे जानकारी गराइने उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।

मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत जिल्लाका ८१ वटै वडामा मतदाता स्वयंसेवक नियुक्त गरिएका छन् । प्रत्येक वडामा खटाइएका स्वयंसेवकले घरघरमा पुगेर मतदातालाई सिकाउने छन् । सार्वजनिकस्थल तथा सामुदायिक भवनमा समूहगत रूपमा पनि मतदानसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..