काठमाडौँ, पुस २५ गते ।गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।
मन्त्रालयमा भएको छलफलमा गृह मन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाई कानुन बमोजिम कारबाहीको दायारमा ल्याइने कुरा बताउनुभयो ।
भेटका क्रममा अर्यालले देशमा शान्ति तथा अमन चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नु भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











