01/10/2026, 01:53:26
शुक्रबार, पुष २५, २०८२

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ, पुस २५ गते  । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..