12/29/2025, 14:02:22
सोमबार, पुष १४, २०८२

कपडा सुकाउने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु


कञ्चनपुर, पुस १४ : कञ्चनपुर बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् । घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो ।

उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।