01/09/2026, 10:28:31
शुक्रबार, पुष २५, २०८२

अमेरिका-भेनेजुएला तनावबारे नेपालको चासो, सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह


काठमाडौँ, पुस २४ गते । नेपाल सरकारले अमेरिका-भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।

 

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका सहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरूले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।

नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..