विराटनगर, पुस १२ गते । संसद् अधिवेशन सञ्चालन गर्नका लागि सभा हल नहुँदा बैठक कहाँ कसरी सञ्चालन गर्ने भन्ने विषयमा कोशी प्रदेश सभाको सचिवालय चिन्तामा परेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मङ्सिर दोस्रो साताभित्र प्रदेश सभा बैठक बस्ने भनी केही समयअघि दिनुभएको अभिव्यक्ति बिचमै संशोधन गरी मङ्सिर अन्तिम वा पुस दोस्रो हप्ताभित्र बस्छ भन्नुभएको थियो तर कोशी प्रदेश सभा बैठक तत्काल बस्न सक्ने कुनै सम्भावना छैन ।
संविधान अनुसार प्रदेश सभाको दुई अधिवेशनबिचको अवधि छ महिनाभन्दा बढी हुन नहुने बाध्यात्मक व्यवस्थाले गर्दा अब ७५ दिनभित्र कसरी बैठक सञ्चालन गर्ने र कहाँ गर्ने भन्ने चिन्ता प्रदेश सभा सचिवालयलाई परेको हो ।
सभा हल तथा अन्य अत्यावश्यक संरचना निर्माणका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बजेट उपलब्ध गराइसकेको छ । मन्त्रालयले भने उक्त संरचना निर्माणको प्रव्रिmया अगाडि बढाएको छैन । त्यसको डिजाइन, लागत स्टिमेट आदि तयार गर्ने प्रव्रिmयामै रहेका कारण ठेक्का प्रव्रिmया सुरु भएको छैन । सार्वजनिक खरिद र ठेक्का प्रव्रिmया लामो हुने हुँदा निर्धारित समयभित्र काम सक्न कठिन रहेकाले कसरी अगाडि बढ्ने भन्ने दुबिधामा मन्त्रालय पनि रहेको छ ।
सरकारले छोटो निर्माण प्रव्रिmयाबाट काम गरेर तत्कालको जटिलता फुकाउन सक्ने सम्भावना भने रहेको कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्काले बताउनुभयो । प्रदेश सभा बैठक बस्नका लागि सभा हल निर्माण गर्न समय निकै कम रहेको र बैठक बस्न आवश्यक सभा हल लगायतका भौतिक संरचना त्यही अवधिभित्र निर्माण गरिसक्नुपर्ने चुनौती रहेको खड्काको भनाइ छ ।

सचिव खड्काले अबको ७५ दिनभित्र प्रदेश सभा बैठक बस्नैपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग समय निकै कम छ । चैतभित्र बैठक बस्नैपर्ने अवस्था छ तर बैठक बस्न आवश्यक सभा हललगायतका भौतिक संरचना त्यही अवधिभित्र निर्माण गरिसक्नुपर्ने ठुलो चुनौती पनि छ ।” उहाँले विशेष परिस्थितिमा छोटो प्रव्रिmयाबाट निर्माण अगाडि बढाउन सकिने उपायतर्फ सरकार जान सक्ने बताउनुभयो ।
कोशी प्रदेश सभाका सचिव खड्काले प्रदेश सभालाई प्रभावकारी र जनमुखी बनाउन सञ्चारकर्मीलगायत सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको पनि बताउनुभयो । संसदीय पत्रकार मञ्च कोशी प्रदेशका पदाधिकारी तथा सदस्यसँगको विशेष भेटघाटका क्रममा उहाँले आगामी अधिवेशनको तयारी र सचिवालयका चुनौतीबारे धारणा व्यक्त गर्नुभएको हो ।
छलफलमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले सचिव खड्कालाई मञ्चले संसदीय रिपोर्टिङ व्यवस्थित बनाउन, संसदीय मर्यादा कायम राख्न र संसद्का गतिविधि जनतासम्म पु¥याउने कार्य गर्दै आएको जानकारी गराएको थियो । सो अवसरमा सचिव खड्काले सङ्घीय संसद्मा ३० वर्ष कार्य गरेको आफ्नो अनुभव सुनाउँदै संसदीय पत्रकारितालाई अझ परिष्कृत बनाउन महŒवपूर्ण सुझाव दिनुभयो ।
– शशिधर पराजुली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















