बिर्तामोड, पुस १८ गते । भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । “विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्” उहाँले भन्नुभयो ।

आज साँझ ७ः०० बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















