काठमाडौँ, फाल्गुन १० : साउदी अरबका सुरक्षाकर्मीले एक सातामा १९ हजारभन्दा बढी कागजातविहीन आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।
साउदी अरबको गृह मन्त्रालयका अनुसार १२ देखि १८ फेब्रुअरीसम्म विभिन्न स्थानमा संयुक्त जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । साउदीले पछिल्लाे समय कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानमा तिव्र बनाएको छ ।
गृह मन्त्रालयद्धारा जारी सूचनाअनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी आवासीय भिसाको म्याद नभएका १२ हजारभन्दा बढी श्रमिक छन् । यस्तै, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार र श्रम कानुन उल्लंघन गर्ने करिब ३ हजार छ । पक्राउ गरेकोहरूमध्ये एकहप्ताभित्रै १४ हजारभन्दा बढी श्रमिकलाई ‘डिपोर्ट‘ गरिएको छ ।
१५ हजारभन्दा बढी प्रवासी श्रमिकलाई ट्राभल डकुमेन्ट बनाउन आफ्ना देशका दूतावासमा पठाइएको छ । नेपाली दुतावासका अनुसार साउदीमा कागजातविहिन भएर बस्ने नेपालीको संख्या अन्य देशको तुलनामा कम छ । गृह मन्त्रालयले अवैध रूपमा मानिस ल्याउन सहयोग गर्ने, बस्न दिने, काममा लगाउनेलाई १५ वर्षसम्म जेल सजाय र १० लाख साउदी रियालसम्म जरिवाना हुनसक्ने चेतावनी दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













