01/08/2026, 20:24:30
बिहिबार, पुष २४, २०८२

राष्ट्रिय सभा निर्वाचन : कोशीमा कांग्रेस र एमालेले गरे उम्मेदवारी दर्ता


विराटनगर, पुस २३ : एमाले र कांग्रेसको गठबन्धनले कोशी प्रदेशबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनका तर्फबाट महिलातर्फ रोशनी मेचे, दलिततर्फ सोम पोर्तेल र खुलातर्फ सुनील थापालाई उम्मेदवार बनाइएको छ।

महिलातर्फकी उम्मेदवार रोशनी मेचेका प्रस्तावक शोभा चेम्जोङ र समर्थक सिर्जना राई रहेका छन्। यस्तै, दलिततर्फका उम्मेदवार सोम पोर्तेलका प्रस्तावक छवि चुडाल र समर्थक एकराज कार्की रहेका छन्।

खुलातर्फका उम्मेदवार सुनील थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई रहेका छन्।

कोशी प्रदेशबाट तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेले दुई र कांग्रेसले एक सिटमा भागबन्डा गरेका हुन् ।