01/08/2026, 20:24:38
बिहिबार, पुष २४, २०८२

काँग्रेस विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन


काठमाडौँ, पुस २३ गते। नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरले उपसमिति गठन गरेको छ । उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक तोकेका हुन् ।

पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् ।

आज पत्रकार सम्मेलनमार्फत उनीहरूले विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..