01/09/2026, 00:12:18
बिहिबार, पुष २४, २०८२

पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुरमा दुर्घटना


काठमाडौँ, पुस २३ : पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ ।

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । बस घटनास्थलमै रहेको छ ।

बसमा ४० जना जति सवार रहेको अनुमान अनुमान गरिएको छ । अहिलेसम्म मानवीय क्षतिको विवरण आइ नसकेको एसपी सुवेदीले बताए ।