काठमाडौँ, पुस ११ गते । नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आर्थिक हिनामिनाको अभियोग लागेका नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटी सुविधा दिएको छ । अदालतले मुद्दासाथ पेस भएका अर्का अभियुक्त पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पनि धरौटीमा रिहाको आदेश गरेको छ ।
अदालतले पूर्वसचिव कार्कीलाई छ लाख र पूर्वसहसचिव कार्कीलाई १० लाख रुपियाँ धरौटीमा रिहाको आदेश गरेको हो । दशकअघिको लिज प्रक्रियामा आर्थिक हिनामिनाको प्रश्न उठेपछि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउन राय दिएको थियो । राय प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पुस २ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

न्यायाधीश रामचन्द्र खड्काको इजलासले कार्कीद्वयलाई धरौटीमा रिहाको आदेश गरेको हो । मुद्दामा एक कम्पनी र तीन जनालाई प्रतिवादी बनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










