वाशिङ्टन, पुस १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ । अमेरिकी सञ्चारमाध्यम पोलिटिको सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शान्ति प्रक्रियासँग सम्बन्धित निर्णयमा अमेरिकाको स्वीकृतिको महत्वपूर्ण भूमिका रहने संकेत दिनु भएको छ ।
यो अभिव्यक्ति रूस-युक्रेनबिच करिब चार वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्तावित शान्ति योजनाबारे छलफल गर्न फ्लोरिडामा हुने ट्रम्प-जेलेन्स्की भेटघाटभन्दा दुई दिन अघि आएको हो । उक्त भेटमा दुवै नेताबिच नयाँ २० बुँदे शान्ति योजनाको प्रारुपमाथि विचार-विमर्श हुने अपेक्षा गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार प्रस्तावित योजनामा असैनिक क्षेत्रको स्थापना, जापोरिज्झिया आणविक ऊर्जा केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको प्रशासनिक नियन्त्रण तथा द्वन्द्व समाप्तिपछि युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूति जस्ता विषय समावेश छन् । यी विषयलाई कूटनीतिक सहमतिको माध्यमबाट अगाडि बढाउने प्रयास गरिने बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















