काठमाडौँ, काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले राखेको ट्वान्टी–२० विश्वकपका लागि भेन्यू परिवर्तनको माग खारेज गरेको छ ।
बंगलादेशले आफ्ना सबै लिग खेलहरु भारतमै खेल्नुपर्ने आईसीसीले स्पष्ट पारेको छ । यदि खेल्नबाट अस्वीकार गरेको खण्डमा बंगलादेशले अंक बाँड्नुपर्ने आईसीसीले प्रष्ट पारेको छ । बीसीबीले मुस्तफिजुर रहमानलाई आईपीएलबाट निकालिएपछि सुरक्षाको कारण देखाउँदै भारतमा ट्वान्टी–२० विश्वकपका खेलहरु खेल्नका लागि अस्वीकार गर्दै आईसीसीसँग आफ्ना खेलहरु श्रीलंकामा शिफ्ट गरिदिन अपील गरेको थियो ।
न्यूज एजेन्सी एएनआईको रिपोर्ट अनुसार मंगलबार आईसीसीका अध्यक्ष जय शाह र केही अन्य अधिकारीहरु मुम्बईमा थिए । शाहले पहिला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अधिकारीहरुसँग र त्यसपछि बंगलादेश क्रिकेट बोर्डसँग छलफल गरेका थिए । त्यसपछि आईसीसीले स्पष्ट रुपमा भेन्यूमा कुनै फेरबदल नहुने बताउँदै बंगलादेशले भारतमै आएर आफ्ना खेल खेल्नुपर्ने बताएको छ । अस्वीकार गरेमा अंक बाँड्नुपर्ने आईसीसीले बताएको छ ।
मुस्तफिजुर रहमानलाई आईपीएलबाट हटाइएपछि बंगलादेशले आफ्नो देशमा आईपीएल प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । आईसीसीको यो निर्णयसँगै अब नेपालले बंगलादेशसँगको खेल भारतमै खेल्ने भएको छ ।
विश्वकपमा समूह सीमा बंगलादेशसँगै वेस्टइन्डिज, इटाली, इंग्ल्यान्ड र नेपाल रहेका छन् । बंगलादेशसँग नेपालको खेल १७ फेब्रुअरीमा मुम्बईस्थित वानखेडे स्टेडियममा हुने सेड्यूल रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














