काठमाडौँ, फागुन ६ गते । निर्वाचन आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचनसम्बन्धी गतिविधि स्थगित गर्न निर्देशन दिएको छ।
आयोगले बुधबार पत्रमार्फत एन्फाको निर्वाचन प्रक्रिया आचारसंहिता उल्लङ्घन हुनसक्ने देखिएको भन्दै तत्कालका लागि रोक लगाउन निर्देशन दिएको हो ।
आयोगका अनुसार एन्फाले आगामी साधारण सभा तथा निर्वाचन कार्यक्रम अघि बढाइरहेको जानकारी प्राप्त भएपछि निर्वाचन आचारसंहिता २०७९ अनुसार प्रक्रिया रोक्न निर्देशन दिइएको हो । आयोगले सम्बन्धित निकाय तथा पदाधिकारीलाई आचारसंहिताको पूर्ण पालना गर्नसमेत सचेत गराएको छ।
पत्रमा आयोगले निर्वाचनसम्बन्धी थप सूचना प्रकाशन नगर्न र यदि कुनै कार्यक्रम सार्वजनिक गरिएको भए त्यसलाई स्थगित गरी जानकारी आयोगलाई गराउन पनि भनेको छ। अन्यथा आचारसंहिता विपरीत कार्य गरेको ठहर भएमा कानुनी कारबाही हुनसक्ने चेतावनी पनि दिइएको छ।
यस निर्देशनको बोधार्थ मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय ललितपुर तथा सम्बन्धित पदाधिकारीहरूलाई पनि पठाइएको आयोगले जनाएको छ ।
एन्फाले यसअघि माघ २८ गते हुन नसकेको निर्वाचनको नयाँ मिति फागुन २७ गते गर्ने निर्णय गर्दै निर्वाचनसम्बन्धी गतिविधि सुचारु गरेको थियो ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!









