02/18/2026, 16:43:14
बुधबार, फागुन ०६, २०८२

‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली


काठमाडौँ, फागुन ६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको ध्यान रहेको बताएका छन्।

दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा आफूले कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन भन्ने नीतिका साथ अगाडि बढेको बताए।

उनले स्वास्थ्य बिमालाई परिवर्तन गरेर ३५ सय तिरेर १ लाखसम्मको उपचार गर्न पाइने व्यवस्था आफूले बनाएको बताए। उनले झापाको विकासलाई आफूले तीव्रता दिएको समेत जिकिर गरे।

उनले आफू विराटनगरमा एउटा कार्यक्रम सकेर आजै काठमाडौँ फर्किन लागेको समेत जानकारी गराएका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..