02/18/2026, 15:21:21
बुधबार, फागुन ०६, २०८२

ईश्वर पोखरेलको दाबी : ‘देश निर्माणका लागि एमालेलाई जिताउन आवश्यक’


काठमाडौँ, फागुन ६ गते। प्रतिनिधि सभा निर्वाचन क्षेत्र काठमाडौँ-५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्।

टोखा क्षेत्रमा आयोजित कार्यक्रममा उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई देश निर्माणतर्फ अग्रसर राजनीतिक शक्ति भएको दाबी गरे। मुलुकलाई विकासको मार्गमा अघि बढाउन आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

 

उनले पार्टीका कार्यकर्ता तथा समर्थकलाई जनतामाझ पुगेर नीतिगत कार्यक्रम र एजेन्डाबारे जानकारी गराउन आग्रह गर्दै नागरिकका गुनासा, सुझाव र समस्यालाई प्राथमिकताका साथ सुन्ने तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

फरक राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले मुलुकलाई सही दिशामा अघि बढाउन देशभर आफ्नो पार्टीको जित आवश्यक रहेको धारणा राखे। साथै काठमाडौँ-५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित आफू मतदातामाझ पुगेको पनि उनले बताएका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..