काठमाडौँ, फागुन ५ गते । काठमाडौँस्थित माइतीघर मण्डलामा सर्लाहीमा कार्यरत एक प्राविधिक कर्मचारीको हत्या घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ।
प्रमोद कुमार यादव सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा सब–इन्जिनियर पदमा कार्यरत थिए। उनीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनापछि दोषी अझै पक्राउ नपरेको भन्दै नागरिकहरूले मंगलबार प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले घटनामा संलग्न व्यक्तिहरू खुलेआम हिँडडुल गरिरहेको आरोप लगाउँदै राज्य निकाय निष्क्रिय रहेको भन्दै नाराबाजी गरेका थिए। पीडितलाई न्याय सुनिश्चित गर्न ढिलाइ नगर्न सरकारसँग माग गरिएको छ।
सिरहाको सुखीपुर नगरपालिका-६ स्थायी घर भएका ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका-१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी त्यस दिन दिउँसो मात्र पारिवारिक काजकिरिया सकेर कार्यक्षेत्र फर्किएका थिए।
घर फर्किएलगत्तै भएको आक्रमणमा उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









