02/17/2026, 14:13:11
मङ्गलबार, फागुन ०५, २०८२

गुल्मीमा बोइलर कुखुरा : प्रतिकिलो ४४० रुपैयाँ


काठमाडौँ, फागुन ५ गते। गुल्मीमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४४० रुपैयाँ पुगेको छ । यसअघि प्रतिकिलो ४२० रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासुको मुल्य २० रुपैयाँले बढेको हो ।

गुल्मी उद्योग वाणिज्य संघमा सरोकारवालाबीच भएको छलफलले कुखुराको मासुको नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । पछिल्लो समय तम्घास बजारमा कुखुराको अभाव देखिएको छ । मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिलबहादुर बस्नेतका अनुसार कुखुरा पाल्ने कृषकहरूको संख्या घट्नु र आपूर्ति कम हुनु मूल्य वृद्धिको मुख्य कारण भएको बताए ।

 

तीन महिनाअघि पर्याप्त उत्पादन हुँदा मासुको मूल्य ४४० रुपैयाँबाट घटाएर ४२० रुपैयाँ कायम गरिएको थियो । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले हालको मूल्य वृद्धि बाध्यात्मक निर्णय भएको बताए ।

गुल्मी उद्योग वाणिज्य संघ का अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले कृषकलाई फाइदा पुग्ने र व्यवसायी तथा उपभोक्तालाई अत्यधिक मार नपर्ने गरी सहमतिमा नयाँ मूल्य निर्धारण गरिएको बताए । नयाँ मूल्य फागुन ५ आजदेखि लागू हुने जनाइएको छ ।

कुखुराको मासुका लागि गुल्मीले छिमेकी जिल्ला बुटवल,चितवन, र अर्घाखाँची जिल्ला मा निर्भर रहनुपर्ने अवस्था छ । केही दिनअघि ती जिल्लाहरूमा समेत कुखुराको मासुको मूल्य वृद्धि भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..