02/16/2026, 23:29:21
सोमबार, फागुन ०४, २०८२

थिमिबाट दुर्गा प्रसाईं फेरि पक्राउ


काठमाडौँ, फाल्गुन ४ : प्रहरीले राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक बताउने दुर्गा प्रसाईंले फेरि पक्राउ गरेको छ ।

सोमबार राति ९ बजे थिमिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले निर्वाचन आचारसंहिता विपरीतको अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । यसअघि पनि प्रहरीले यही कसुरमा पक्राउ गरेको थियो । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।