02/16/2026, 22:31:37
सोमबार, फागुन ०४, २०८२

चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गरौं : कांग्रेस उपसभापति शर्मा


लमजुङ, फाल्गुन ४ : कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जो आफू बदिलन सक्छ उसले मात्रै अरुलाई बदल्न सक्ने बताएका छन् । लमजुङमा आज आयोजित खुला सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

कार्यक्रममा सभापति शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौं । अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन पाउने छैनन् ।

उनले चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् । स्वस्थ आलोचना स्वभाविक हुने तर आपसमा गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने उनको भनाइ थियो । उनले भने, ‘चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणापत्रहरु मार्फत नगरौं ।

उनले देशको शासनमा जे-जस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका कांग्रेसले गर्ने पनि बताए । जेन-जी विद्रोहको भावनाबमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई कांग्रेसले सम्भव बनाउने बताए । उनले भने, ‘देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ- जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।

उपसभापति शर्मा निर्वाचन प्रचार अभियान प्रारम्भ भएको पहिलो दिन लमजुङको कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र बिपि कोइरालाको सालिक अनावरणपश्चात उपसभापति विश्वप्रकाश शर्मा लमजुङको खुला सभामा सहभागी भएर तनहुँको जिल्ला स्तरीय वृहत् भेलामा पुगेका थिए ।