वालिङ(स्याङ्जा) फागनु ४ गते । चुनाव नजिकिएसँगै स्याङ्जा प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले विभिन्न मुद्दामा फरार रहेकालाई पक्राउ गर्ने, लुकाएर राखेका हतियार बरामद, सवारी साधन चेकजाँच लगायतका क्रियाकलापमा तिव्रता दिएको हो । प्रहरीले माघ महिनामा मात्रै १७ वटा मुद्दा दर्ता गरेको छ । जसमा जघन्य तथा गम्भीर अपराधमा ११, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धमा ३ र अन्य ३ गरी १७ मुद्दा दर्ता भएका हुन् ।
यि मुद्दामा संलग्न २३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा माघ महिनामा परेको ठाडो उजुरी ३५ मध्ये सबैको फर्छ्याैट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । यो अवधीमा लागु औषध मुद्दामा पाँच जना पक्राउ परेका छन् । माघ महिनामा मात्रै ९७३ सवारी साधन कारबाहीमा पर्दा प्रहरीले आठ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै प्रहरीले चार थान एक नाले भरुवा बन्दुक, बारुद, छर्रा बरामद गरेको छ । यस्तै प्राकृतिक दोहन गर्ने चार सवारी कारबाही गर्दा ४६ हजार जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले समुदाय तथा विद्यालयस्तरमा पुगेर विभिन्न समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । जसमा साइबर अपराध, बालविवाह, अभद्र व्यवहार, जुवातास, सडक सुरक्षा, जातीय भेदभाव, महिला हिंसा, चोरी न्यूनीकरण, लैङ्गिंक हिंसा, बाल यौन दुर्व्यवहार, घरेलु हिंसा, ज्येष्ठ नागरिक सचेतना, मानव बेचबिखन, जबरजस्ती-करणी लगायत रहेका छन् ।
– राधाकृष्ण डुम्रे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










