02/16/2026, 15:00:42
सोमबार, फागुन ०४, २०८२

आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगद्वारा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन


काठमाडौं, फागुन ४ गते । निर्वाचन आयोग नेपाल ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एक अनलाइन सञ्चारमाध्यमविरुद्ध आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई निर्देशन दिएको छ।

मिति २०८० मंसिर १४ गते आयोगले प्रेस काउन्सिल नेपाललाई पत्र लेख्दै ‘सेतोपाटी’ अनलाइनमा मंसिर ३ र मंसिर १० गते प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन-३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन: रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा प्रकाशित सामग्री आचारसंहिताविपरीत भएको आयोगको ठहर छ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको नतिजा घोषणा वा प्रकाशन गर्न नहुने व्यवस्था छ। साथै, दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ।

उक्त प्रावधानविपरीत सामग्री प्रकाशन भएको देखिएकाले प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्न आयोगले प्रेस काउन्सिललाई अनुरोध गरेको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..