झापा,फागुन ४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले शान्ति, स्थायित्व र विकास खोजेको बताएका छन् । चुनावी अभियानका लागि हिजो झापा पुगेका ओलीले हिजोदेखि नै घरदैलोलाई सक्रियतापूर्वक अघि बढाएका छन् । ओलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदातासँगको संवादलाई मुख्य प्राथमिकता दिने बताएका हुन् ।
मतदाताले टोलटोलमा आइदिन आग्रह गरे बमोजिम आफ्नो क्षेत्रका टोलटोल पुगेर मतदातासँग भेटघाटसँगै संवादलाई मुख्य प्राथमिकता दिने उनले जानकारी गराए । यसअघि एक साता निर्वाचन क्षेत्रमा घुम्दा मतदाताले सोही माग अघि सारेको उनले स्पष्ट गरे । गत हप्ता ८० वटा टोलमा पुगिसक्नुभएका अध्यक्ष ओलीले अब अन्य टोलहरूमा जाने जानकारी दिँदै मतदातालाई मसिनो गरी भेट्ने र टोलटोलमा मतदाताका आवाज सुन्ने आफ्नो योजना सुनाए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









