काठमाडौं,फागुन ४ गते। रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्यमा श्रीनिवास यादव एमाले प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गर्दै जसपा परित्याग गरी एमाले प्रवेश गरेको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आजैका दिनदेखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने बताएका छन् ।
‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









