धनगढी, फाल्गुन ६ : रास्वपा सभापति रवि लामिछानेले आफूहरूले ५ वर्षको स्थायी सरकार मागेको भन्दै आफूहरूले जनतासँग करार गरेको बताएका छन् ।
धनगढीमा आयोजित कार्यक्रममा उनले भने, ‘वाचा जसले गरेको हो । पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले पाउने होइन ।‘
उनले भारतमा काम गर्ने सुदूरपश्चिमका जनतालाई पनि सम्झना सुनाउँदै परदेशको भूमिमा काम गर्नु सजिलो नभएको बताए । उनले सधैँ नेताले जित्ने र जनताले हार्ने भएको बताउँदै भने, ‘यसपाला जनताले जित्ने हो ।‘
उनले आफूहरू इतिहास बदल्ने सोच लिएर आएको बताए । उनले यसपटक मत नबाँड्न पनि अनुरोध पनि गरे । उनले आफू खुद्रामा कुरा गर्न नआएर एकै पटक सबै बदल्न आएको बताए । उनले सिंहदरबार बनाउने भन्दा पनि बदल्न जरुरी भएको बताए ।
उनले केही मान्छे भ्रम छर्न आएको बताउँदै आफूहरूलाई डोजर चलाउन आएको भन्न सक्ने बताउँदै प्रश्न गरे, ‘३५ वर्षसम्म हाम्रो सपनाको डोजर कसले चलायो ? उनले आफूहरू बनाउन आएको दाबी गर्दै भने, ‘हामी बनाउन आएका हौं । बनाउँछौं ।‘
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










