काठमाडौँ, फाल्गुन ६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशी प्रधानमन्त्री तारिक रहमानलाई भारत भ्रमणको निम्तो पठाएका छन् ।
भारतको लोकसभाका अध्यक्ष ओम बिर्लाले तरिकलाई शपथ ग्रहणपछि मोदीको निमन्त्रणा सन्देश हस्तान्तरण गरेका हुन् । तरिकको सपथमा बिर्लाले भारतको प्रतिनिधित्व गरेका थिए ।
‘म यो अवसरमा तपाईंलाई, डा. जुबैदा रहमान र तपाईंकी छोरी जैमालाई सुविधाजनक समयमा भारत भ्रमणको लागि आमन्त्रित गर्दछु । भारतमा तपाईंको न्यानो स्वागतको प्रतीक्षामा छ,’ १६ फेब्रुअरीमा मोदीले लेखेको पत्रमा उल्लेख छ ।
पत्रमा मोदीले संसदीय चुनावमा बंगलादेश नेशनलिस्ट पार्टीको ठूलो विजयका रहमानलाई हार्दिक बधाई दिएका छन् ।
‘बंगलादेशमा भर्खरै सम्पन्न संसदीय चुनावमा बंगलादेश राष्ट्रवादी पार्टीको विजय र बंगलादेशको प्रधानमन्त्रीको रूपमा तपाईंको नियुक्तिको लागि म तपाईंलाई हार्दिक बधाई दिन्छु,’ पत्रमा उल्लेख छ, ‘यस पदको उच्च जिम्मेवारी सम्हाल्दै गर्दा म तपाईंलाई सफलताको कामना गर्दछु। तपाईंको विजय बंगलादेशका जनताले तपाईंको नेतृत्वमा र देशलाई शान्ति, स्थिरता र समृद्धिको बाटोमा अगाडि बढाउने तपाईंको दृष्टिकोणप्रति देखाएको विश्वास र भरोसाको प्रमाण हो ।‘
मोदीले भारत र बंगलादेशसँग साझा इतिहास र नजिकको सांस्कृतिक सम्बन्ध रहेको बताए ।
मोदीले बहुआयामिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न, क्षेत्रीय सहयोग बढाउन र कनेक्टिभिटी, व्यापार, प्रविधि, शिक्षा, सीप विकास, ऊर्जा, स्वास्थ्य सेवा, र सांस्कृतिक तथा जनस्तरमा साझा लक्ष्यहरू अगाडि बढाउन बंगलादेशका नयाँ प्रधानमन्त्रीसँग नजिकबाट काम गर्न तत्पर रहेको बताए ।
‘ तिव्र गतिमा बढ्दो अर्थतन्त्र र महत्वाकांक्षी समाजको रूपमा भारत र बंगलादेश एकअर्काको दिगो विकासको लागि साँच्चै उत्प्रेरक बन्न सक्छन् । एकअर्काको सुरक्षाको लागि काम गर्न सक्छन् र पारस्परिक समृद्धिलाई संभव बनाउन सक्छन्,’ पत्रमा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















