धनगढी, फागुन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गर्नुभएको छ । सो पार्टीले बुधबार धनगढीमा आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी भोटभन्दा पनि काम माग्न आएको बताउनुभएको हो ।
“तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ,” शाहले भन्नुभयो, “त्यसैले आज भोट होइन, राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ काम माग्न आएको हो । बरु भोट नदिए हुन्छ तर कामको सूची दिनुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरेर देखाउँछ ।”

उहाँले आफ्ना पार्टीका उम्मेदवारहरूलाई कामको सूची दिन मतदातालाई आग्रह गर्नुभयो । आफ्नो पार्टीको एजेन्डा सुदूरपश्चिमलाई ‘सुनजस्तै पश्चिम’ बनाउने रहेको शाहको भनाइ थियो । उहाँले देश बनेको सपना आफूले देखेको उल्लेख गर्दै रास्वपाले त्यो सपना पूरा गर्ने जिकिर गर्नुभयो ।
खल्तीमा पैसा नभएका विपन्न र गरिबले शिक्षा तथा स्वास्थ्य उपचार पाउनुपर्ने र २० वर्षसम्म नबन्ने योजना डेढ वर्षमा बन्नुपर्ने लगायतका एजेन्डा आफ्नो पार्टीको रहेको उहाँले उल्लेख गर्नुभयो । रास्वपा सरकारमा गएमा कांग्रेस, एमाले, माओवादी र आम जनता सबै हिँड्ने साझा बाटो बनाउने नेता शाहको दाबी थियो ।
– अविनाश चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










