01/27/2026, 10:00:53
मङ्गलबार, माघ १३, २०८२

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, माघ १३ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ०१ पैसा र बिक्रीदर १७४ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ६५ पैसा र बिक्रीदर २०१ रुपियाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ७३ पैसा र बिक्रीदर १८९ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ ५४ पैसा र बिक्रीदर १०१ रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ २९ पैसा र बिक्रीदर १०७ रुपियाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ६५ पैसा र बिक्रीदर ११६ रुपियाँ १२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ११ पैसा र बिक्रीदर २१ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १५ पैसा र बिक्रीदर ३९ रुपियाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २८ पैसा र बिक्रीदर ४० रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपियाँ ७२ पैसा र बिक्रीदर चार रुपियाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०२ पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १७ पैसा र बिक्रीदर १० रुपियाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४० पैसा र बिक्रीदर १६ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३० पैसा र बिक्रीदर २३ रुपियाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ २७ पैसा र बिक्रीदर ४८३ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९० रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..