01/01/2026, 10:30:49
बिहिबार, पुष १७, २०८२

धनकुटाका सुमन श्रेष्ठ यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक


धनकुटा, पुस १७ : धनकुटाका सुमन श्रेष्ठ  यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एन्फाले साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पूर्वसध्यामा श्रेष्ठलाई टोली नेताको जिम्मेवारी दिएको हो । आगामी माघ १७ देखि २४ गतेसम्म पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप फूटबल प्रतियोगिता हुँदैछ ।

एन्फाका महासचिव किरण राईले आफूलार्ई १९ वर्षमुनिको राष्ट्रिय फुटबल महिला टिमको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको श्रेष्ठले बताए । यस अघि श्रेष्ठले चर्च ब्वाइज, हिमालयन शेर्पा, पोखरा थण्डर्स, सशस्त्र प्रहरीको एपिएफ  लगायतका फूटबल टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

– विनोद घिमिरे