12/21/2025, 21:57:47
आइतबार, पुष ०६, २०८२
एसीसी यु–१९ एसिया कप क्रिकेट

यु–१९ एसिया कप : भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन


काठमाडौँ, पु्स ६ गते । एसीसी यु–१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ ।

दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारत २६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो ।

नेपालले समेत भाग लिएको यस प्रतियोगितामा नेपाल जितबिहिन बन्दै समूह चरणबाट बाहिरिएको थियो ।