काठमाडौँ, पुस ६ गते । आइतबार शेयरबजार परिसूचक नेप्से ऋणात्मक हुँदै २ हजार ६०० को बिन्दुबाट तल ओर्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १९.९२ अंकले घट्दै २ हजार ५९५.१० अंकमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ्स् इन्डेक्ससमेत १.९६ प्रतिशतले घटेर ४४८.२६ अंकमा झरेको छ । म्युचुअल फण्डबाहेक आज १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६३ प्रतिशतले घट्दा डेभलपमेन्ट बैंक समूहको उपसूचक १.४२ प्रतिशतले घटेको छ भने बैंकिङ समूहको उपसूचक १.३८ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अरु बाँकी समूहको उपसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।
यता म्युचुअल फण्डको उपसूचक भने आज ०.१९ प्रतिशतले बढेको छ । २०७ कम्पनीको मूल्य घट्दा खाज जम्मा ४३ कम्पनीको मात्र बढेको छ । सातवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









