काठमाडौँ, पुस ६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षा सुधारका लागि अभिभावकहरूले नै आन्दोलन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले नेपाल भरिका धेरै विद्यालयमा भए गरेका राजनीति हटाउन अभिभावकले नै आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
‘नेपाल भरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो छ,’ उनले लेखेका छन्, ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ ।’
पुनले विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशनले मात्र नपुग्ने भएकाले अभिभावकहरू नै जाग्नुपर्ने बताएका छन् ।
‘शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो । लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस्’ उनले भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













