12/21/2025, 14:44:11
आइतबार, पुष ०६, २०८२

सुनचाँदी बजारः सुनको मूल्य घट्दा, चाँदीको बढ्यो


काठमाडौँ, पुस ६ गते । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..