काठमाडौँ, मंसिर २७ : एनपीएल च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा २ सय ७६ रन बनाए । फाइनलमा उनले १२ बलमा १६ रन बनाए ।
दुवै सिजन गरेर रोहितले प्रतियोगितामा बनाएको रन संख्या ५ सय ५५ पुगेको छ । बलबाट पनि उनी उत्तिकै सफल रहे । उनले फाइनलमा १२ रनमा तीन विकेट लिए । यसक्रममा उनले ह्याट्रिक गरेका हुन् । यस सिजन उनले लिएको विकेट संख्या १० पुगेको छ । उत्कृष्ट खेलाडी चुनिएसँगै उनले ‘जेइको जे–५‘ एसयूभी पनि जिते । उनी एनपीएल प्रतियोगिताको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार उत्कृष्ट ब्याटरका रूपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाएका छन् ।
यस्तै विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बने । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उनको नेतृत्वमा विराटनगरले प्ले अफको यात्रा तय गरेको थियो । विराटनगर क्वालिफायर टुसम्म पुगेको थियो ।

उदयमान खेलाडी भने लुम्बिनी लायन्सका शेर मल्ल चुनिए । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । उत्कृष्ट तीनै जनाले पुरस्कारका रूपमा बाइक पाए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










