12/16/2025, 17:11:39
मङ्गलबार, पुष ०१, २०८२

महिला क्रिकेट टोलीको प्रशिक्षकमा पाठक


काठमाडौँ, पुस १ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार भारतीय पूर्व क्रिकेटर पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको हो । अलउान्डर पाठकले यसअघि थाइल्यान्डको महिला टोली हेरिसक्नुभएको छ ।

नेपाली महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । क्यानले प्रशिक्षकका लागि यसअघि दरखास्त आह्वान गरेको थियो । जसमा विभिन्न देशबाट ७० जना प्रशिक्षकले आवेदन दिएका थिए ।

आवेदकमध्येबाट क्यानले पाठकलाई छनोट गरेको हो । प्रशिक्षक पाठकले अब नेपाली टोलीलाई आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेलाउनुहुनेछ ।

ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालको घरेलु मैदान कीर्तिपुरमा हुनेछ । छनोटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण क्याम्प सुरु भईसकेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..