12/14/2025, 22:47:31
आइतबार, मङि्सर २८, २०८२

मेसीलाई हेर्न नपाएपछि कोलकत्तामा समर्थक आक्रोशित


काठमाडौँ, मङ्सिर २८ : कोलकत्तामा फुटबल स्टार लियोनल मेस्सीलाई मेस्सीलाई हेर्नका लागि जम्मा भएको भीड उनलाई देख्न नपाउँदा आक्रोशित भएको छ । भीडले रंगशालामा बोत्तल हानेर आफ्नो आक्रोश पोख्यो ।

मेस्सी आउने भएपछि उनलाई हेर्नका लागि धेरै समर्थकले टिकट आएका थिए । तर, टिकट काटेकाहरुले घण्टौंसम्म प्रतिक्षा गर्दा पनि मेस्सीलाई हेर्न नपाएको प्रतिक्रया टाइम्स अफ इन्डियालाई दिएका छन् ।

न हामीले उनलाई प्रत्यक्ष देख्न सक्यौं । न त, टेलिभिजन स्क्रिनमै देख्यौं,’ टाइम्स अफ इन्डियाले समर्थकहरुलाई उदृत गर्दै लेखेको छ ।

प्रमुख आयोजक सताद्रु दत्तालाई पक्राउ गरिएको पश्चिम बंगला प्रहरीका महानिरीक्षक राजीब कुमारले बताए । ‘हामीले मुख्य आयोजकलाई पक्राउ गरिसकेका छन् । यस्तो खराब व्यवस्थापन फेरि नदोहोरियोस्, त्यसैले हामी कारबाही गर्न चाहन्छौं ।

यस घटनामा देखिएको खराब व्यवस्थापनका लागि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मेस्सीसँग माफी मागेकी छिन् । ‘आज साल्ट लेक रंगशालामा जे–जस्तो खराब व्यवस्थापन देखियो । त्यसले मलाई दुख लागेको छ ,’ उनले भनेकी छिन् । उनले टिकट काटेर मेस्सीलाई भेट्न नपाएका समर्थक र मेस्सीसँग माफी समेत मागेकी छिन् ।

मेस्सी आफ्नो तीन दिने भारत भ्रमणमा छन् । हैदरावाद र मुम्बई घुमेपछि सोमबार दिल्लीमा आएर उनको भ्रमण टुंगिनेछ । लुईज सुआरेज र रोड्रिगो डि पाउल पनि यस भ्रमणमा उनीसँगै छन् । शनिबारै मेस्सीले कोलकत्तामा २१ मिटर ठूलो आफ्नो शालिक अनावरण गरेका थिए ।