गाईघाट, मङ्सिर २८ : स्थानीय वासिन्दाले रामपुरस्थित ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन्। उदयपुर जिल्लाको बेलका नगरपालिका वडा ३ स्थित नयाँ टोलको भित्री सडक खण्डको छेउमा वन टेष्ट ट्याकटरबाट खसेर एक युवकको मृत्यु भएपछि फरार भएका चालक विशाल पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी कारवाहिको माग गर्दै पीडित परिवारको अगुवाईमा स्थानीय वासिन्दाले रामपुरस्थित ईलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
स्थानीय बाबुराम माझीको १६ वषीया छोरा सनविर माझी शुक्रवार साँझ स्थानीय ट्याकटर ब्यवसायी विक्रम पाण्डेको जोनडिएर कम्पनिको वन टेष्ट ट्याकटरबाट खसेर सडकमा अचेत भएर लडिरहेको अवसथामा प्रहरीले उपचारको लागि धरान लगेकोमा त्यहाँका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
यता स्थानीयले घटना भएको तीन दिन बितिसक्दा पनि फरार चालक पक्राउ नगरिएको भन्दै आइतवार मदनभण्डारी राजमार्गको रामपुर खण्डमा सडकमा टाउरबाले सवारी आवागमनमा अवरोध गर्दै प्रहरी कार्यालउपनि घेराउ गरेको स्थानीय अम्बिकाप्रसाद निरौलाले बताउनुभयो । त्यो दिन ट्याकटर चलाउने चालक नभएर सवारी चालक अनुमतिपत्र समेत नभएका ट्याकटर मालिकका भाई विशाल पाण्डे भएकोले कडा कारवाहि हुनुपर्ने पीडित पक्षको माग रहेको छ ।

पीडित परिवारले दोषी लाई कानुनी दायरामा नल्याए सम्म शव जिम्मा नलिने भनेपछि अहिले उक्त शब धरान स्थित घोपा अस्पतालमा राखिएको छ । यस सम्बन्धमा उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईसँग सम्पर्क गर्दा उहाँले फरार रहेका चालक पाण्डेलाई सुनसरीको ईटहरीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको र कानुन अनुसार थप अनुसन्धान अगाडि बढाईएकोले सडक अवरुध्द तुरुन्तै खुला गरिने बताउनुभयो ।
– भक्तिविलास पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













