बैतडी, मङ्सिर २८ : खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि बैतडी मेलौलीका ४२५ घरपरिवारका लागि खानीपानी आएको छैन । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोका पूरा हुन सकेको छैन ।
मेलौली नगरपालिका–९, विशालपुरका डिडीगाउँ, गर्जल, थपालेक, डाँफेपिपल, मल्लेक, बर्तोला, रोकटा, कलमटा, सुर्काल लगायतका गाउँ एक गाग्री पानीका लागि दिनभरि पालो कुर्दै आएका छन् । गाउँमा खानेपानीको आपूर्ति हुँदै आए पनि असुर–रोकटा खानेपानीको मुहान सुकेर पानीको हाहाकार हुने गरेको छ ।
गाउँमा भएका पानीका मुहान सुक्दै जान थालेपछि विकल्पमा मेलघट–केदारमाडौँ लिफ्ट खानेपानी योजनाको माग गरेको थियो । त्यसका लागि निरन्तर पाँच वर्षदेखि बजेट आइरहेको छ तर योजना सुरु नभएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७८/७९ मा सङ्घ सरकारबाट नगरपालिकामा दुई करोड रुपियाँ आएको थियो । डिपिआर बनाएर बाँकी बजेट फ्रिज भयो । अर्को वर्ष प्रदेश सरकारबाट नौ लाख रुपियाँ आयो । प्रदेशको योजना पनि डिपिआरमै सकियो । आव २०७९/८० मा ५० लाख रुपियाँ आयो तर कार्यान्वयन भएन । आव २०८१/८२ मा ३० लाख र चालु आव २०८२/८३ मा प्रदेश सरकारबाट १० लाख रुपियाँ आएको छ । अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













