काठमाडौं, मङ्सिर २२ गते । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कुनै खेल नहुने भएका छन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम दिन राखिएको हो । प्रतियोगिताअन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














