काठमाडौँ, मङ्सिर २८ : हिन्दी फिल्म ‘मिलियन भ्युज‘ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । लागूऔषध दुर्व्यसनीमाथि तयार यो फिल्मलाई नेपालमा प्रदर्शन गर्न निर्माण टोली नेपाल आइपुगेको छ ।
दुर्व्यसनीमा फसेका युवाको कथाले नेपाली दर्शकलाई पनि छुने हुँदा यो फिल्मलाई नेपाल प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्देशक अन्शुल सिन्हाले बताए ।
‘दुर्व्यसनी भारतमा मात्र हुन्छ भन्ने होइन । नेपालमै पनि दुर्व्यसनीमा फसेका युवा छन् । त्यसैले यो फिल्मले ती युवाको कथालाई पनि समेट्ने हुँदा नेपाली दर्शक, दुर्व्यसनीमा परेका परिवारसामू पुग्न यो फिल्म हामीले बनाएका छौं,’ अन्शुलले भने ।

निर्देशक अन्शुल एक महिनादेखि नै फिल्मको नेपाल प्रदर्शनका लागि प्रचारमा लागेका थिए । यो फिल्ममा सिद्धी जैसवाल, एमडी असाद अल्वी, अलिसा मार्टिन लगायतका थुप्रै कलाकारको अभिनय छ । यो फिल्मको कथा निर्देशक अन्शुलले नै लेखेका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










