काठमाडौँ, २५ मङ्सिर : रणवीर सिंह स्टारर जासूसी थ्रिलर फिल्म ‘धुरन्धर’ले यतिबेला राम्रो व्यापार गरिरहेको छ ।
पाकिस्तानमा आधारित यस एक्सन–प्याक्ड स्पाइ ड्रामामा रणवीर एक भारतीय जासूसको भूमिकामा छन् । फिल्मले रिलिजको छैठौँ दिनसम्म १६८. ३२ करोड कमाइ गरेको छ । बुधबारसम्मको रिपोर्टअनुसार छैठौं दिनमा मात्र फिल्मले १५ करोड भन्दा माथिको व्यापार गरेको थियो ।

फिल्ममा रणविरसँगै सञ्जय दत्त, आर. माधवन, अक्षय खन्ना र अर्जुन रामपाल जस्ता कलाकारको प्रभावकारी अभिनय छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् ।
फिल्ममा अक्षय खन्नाले निर्वाह गरेको पाकिस्तानी अपराधी तथा नेता ‘रहमान डकैत’को भूमिका पनि यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनका अभिनयको व्यापक प्रशंसा भइरहेको छ ।

अभिनेत्री अमिषा पटेलले अक्षयसँगको एउटा पुरानो तस्वीर शेयर गर्दै लेखेकी छन्, ‘तब पनि महान, अहिले त झनै महान ! यी हुन् अक्षय खन्ना, जसलाई म प्रेमपूर्वक ‘अक्शु’ भन्छु । बिलकुल विनम्र, अहंकारबिहीन । सायद उनलाई थाहा पनि छैन कि २०२५मा उनले आफ्नो अभिनयले पूरै देशलाई मोहित बनाइदिएका छन् ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











