काठमाडौँ, पुस २६ : साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘द राजा साब’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ ।
भारतमा मात्र फिल्मले पहिलो दिन ४५ करोड रुपैयाँ कमाइ गरेको छ । प्रि–सेलको आम्दानीसमेत जोड्दा फिल्मको कुल ओपनिङ कलेक्सन ५४.१५ करोड रुपैयाँ पुगेको छ ।
मारुति निर्देशित यो हरर–कमेडी फिल्ममा प्रभाससँगै सञ्जय दत्त, जरीना वहाब, बोमन इरानी, निधि अग्रवाल, रिद्धि कुमार र मालविका मोहनन मुख्य भूमिकामा छन् । फिल्मको दुई दिनको कुल कलेक्सन ६५.८४ करोड रुपैयाँ पुगेको छ । वितरकहरूका अनुसार सप्ताहन्तमा फिल्मको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ ।
फिल्ममा प्रमुख भूमिका निभाएकी अभिनेत्री मालविका मोहननले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो अनुभव सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो शूटको पहिलो दिन हैदराबादमा प्रभास सरसँग एक सुन्दर र रोमान्टिक दृश्य थियो । शूटको अन्तिम दिन ग्रीसमा ‘नाचे–नाचे’ गीतको छायांकन भयो ।’
‘द राजा साब’ ले ओपनिङ डेमा सन् २०२५ मा रिलिज भएको फिल्म ‘छावा’ को रेकर्ड पनि तोडेको छ । ‘छावा’ ले पहिलो दिन भारतीय बक्स अफिसमा ३१ करोड रुपैयाँ कमाइ गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










