12/17/2025, 18:33:17
बुधबार, पुष ०२, २०८२

सनी देओल अभिनित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक


काठमाडौँ, पुस २ : बलिउड अभिनेता सनी देओल अभिनित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक भएको छ ।  सनी देओलको संवादबाट सुरु हुने टिजरमा देशभक्तिपूर्ण संवाद र युद्धका दृश्य देख्न सकिन्छ ।

तिमी जहाँबाट घुस्ने कोसिस गर, आकाशबाट, जमिनबाट वा समुद्रबाट, अगाडि एउटा भारतीय सैनिक उभिएको पाउनेछौ,” देओलको संवाद सुनिन्छ, ‘जो आँखामा आँखा जुधाएर, छाती फुलाएर भन्छ– हिम्मत छ भने आऊ, यहाँ उभिएको छ हिन्दुस्तान ।

टिजरमा वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीलाई पनि युद्धमैदानमा देखिन्छ । फिल्ममा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टीसँगै मेधा राणा, मोना सिंह र सोनम बाजवा को पनि प्रमुख भूमिका रहेको छ ।

अनुराग सिंहको निर्देशनमा बनेको ‘बोर्डर २’ को निर्माण भूषण कुमार, जे.पी. दत्ता र निधि दत्ताले गरेका हुन् । फिल्म २३ जनवरी २०२६ मा प्रदर्शनमा आउने छ ।