01/08/2026, 20:23:03
बिहिबार, पुष २४, २०८२

प्रभासका करिअर उचाईमा पुर्‍याउने ७ फिल्म


काठमाडौँ, पुस २३ : अभिनेता प्रभास पछिल्ला वर्ष बक्स अफिसमा दबदबा कायम राख्दै आएका छन् । उनी अभिनीत अपकमिङ फिल्म ‘द राजा साब’ आगामी ९ जनवरी मा रिलिज हुँदैछ।

यो होरर–कमेडी फिल्म हो । यतिबेला प्रभासलाई ‘प्रभास’का रुपमा स्थापित गर्ने फिल्महरू कुन कुन हुन् ? उनका ७ फिल्मबारे हामी यहाँ चर्चा गर्नेछौँ ।

मिर्ची (२०१३)

अनुष्का शेट्टीसँगको यो एक्सन–ड्रामा प्रभासको करिअरकै ठूलो हिटमध्ये एक हो । करिब ६० करोड बजेटमा बनेको फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो ।

वर्षम (२००४)

रोमान्टिक एक्सन–ड्रामा विधाको यो फिल्मले प्रभासलाई फरक पहिचान दिलायो । ८ करोड बजेटमा बनेको फिल्मले करिब २१ करोडको कमाइ गरेको थियो ।

मिस्टर परफेक्ट (२०११)

रिलिजसँगै बक्स अफिसमा राम्रो व्यापार गरेको यो फिल्मले सफलता कमायो । ३० करोड बजेटमा बनेको फिल्मले ५० करोडभन्दा बढी कमाइ गर्‍यो ।

डार्लिङ (२०१०)

रिलिजसँगै दर्शकको मन जितेको यो फिल्म २३ करोड बजेटमा बनेको थियो । यो फिल्मले पनि मनग्गे दर्शक कमायो ।

रेबेल (२०१२)

राघव लरेन्सको निर्देशनमा बनेको यस फिल्मले प्रभासलाई ‘रेबेल स्टार’को ट्याग दिलायो । परिवारको हत्याको बदला खोज्ने कथामा आधारित यो फिल्मको अहिले पनि चर्चा भइरहन्छ ।

बिल्ला (२००९)

प्रभासको करिअरको टर्निङ पोइन्ट मानिने यस फिल्ममा उनले पहिलोपटक अन्डरवर्ल्ड डनको भूमिका निभाएका थिए ।

बाहुबली: द बिगिनिङ (२०१५) र बाहुबली: द कन्क्लुजन (२०१७)

एस.एस. राजामौलीको निर्देशनमा बनेको बाहुबली सिरिजले प्रभासलाई विश्वव्यापी चर्चामा ल्याइदियो । फिल्मको दोस्रो भागले विश्वभर करिब १७८८ करोड रुपैयाँ कमाइ गर्दै उनका करिअरकै सबैभन्दा बढी कमाउने फिल्मको कीर्तिमान बनायो ।

अब दर्शकको नजरमा उनको नयाँ फिल्म ‘द राजा साब’ ले कस्तो छाप छाड्छ ? त्यो भने हेर्न बाँकी छ ।